एन आर एनआरएन थाईलेन्डको प्रतिनिधिमण्डल र प्रधानमन्त्री सुशील कोइरालाबीच बैंककमा बिशेष अन्तरक्रिया

थाईलेन्ड स्थित नेपाली समुदायको एक प्रतिनिधिमण्डल र प्रधानमन्त्री सुशील कोइरालाबीच थाईलेन्डको राजधानी बैंककमा एक बिशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

एन आर एनआरएन थाईलेन्डका अध्यक्ष खगेन्द्र राज ढकालको नेत्रित्वमा उपस्थित १५ सदस्यि उक्त प्रतिनिधिमण्डलले थाईलेन्ड स्थित नेपाली समुदायको अवस्था र नेपालको सम्ब्रिधिमा पुर्याउन सक्ने योगदानहरुको विषयमा अन्तरक्रिया केन्द्रित रहयो। म्यान्मारमा सम्पन्न सरकार प्रमुखहरुको एक क्षेत्रीय सम्मेलनमा भाग लिएर नेपाल फर्कने क्रममा प्रधानमन्त्री कोइरालाले नेपाली समुदायलाई भेट्नु भएको थियो।

पुर्ख्योउली कागजातहरुको अभाबमा एन आर एनको सरकारी आइ डि कार्ड लिनबाट बन्चित हजारौं नेपाली मुलका नागरिकहरुलाई सरकारी ऐनमा संसोधनगरी समेट्न प्रधानमन्त्री समक्ष अनुरोध गर्दै अध्यक्ष ढकालले प्रधानमन्त्रीलाई ज्ञापन पत्रपनि बुझाउनु भएको थियो।
एन आर एन थाईलेन्डका उपाध्यक्ष दिल बहादुर थापाले कृषिको क्षेत्रमा नेपालमा लगानी भित्राउन आफु लागिपरेको बताउदै सरकारी नीति र लगानी मैत्री बनाउन माग गर्नुभयो। त्यसैगरी अध्यक्ष ढकालले बिज्ञान र प्रविधिको क्षेत्रमा अध्ययनरत विध्यार्थीहरुको लागि बैदेशिक छात्रवृतिको एक परियोजना भर्खरै नेपाल भित्र्याई सकिएको र त्यसको कार्यन्वयनको लागि कुलपतिको हैशियतले प्रधानमन्त्रीको सहयोगको लागि पनि अनुरोध गर्नु भएको थियो।
उहाले आफ्नो परियोजनाको बिस्तृत विवरणपनि लिखित रुपमा प्रधानमन्त्री समक्ष राख्नु भएको थियो। प्रधानमन्त्री कोइरालाले थाईलेन्ड स्थित नेपाली समुदायले सुरु गरेका कार्यक्रमहरुमा आफुले सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भयो। सम्पूर्ण नेपालीहरुले आफ्नो क्षेत्रमा हासिल गरेका सिप र ज्ञानलाई नेपालमा भित्र्याई सहयोग गर्न आग्रह गर्दै तयसका लागि सरकारले वातावरण तयार गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भयो।
कार्यक्रममा बोल्दै पररास्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेले एन आर एन थाईलेन्डले उठाएका विषयहरुलाई गम्भीरता पुर्वक लिने बताउनु भयो। शिक्षा र व्यापारको क्षेत्रमा थाईलेन्डस्थित नेपाली समुदायले सहायोग गर्न सक्ने पनि आफुले महसुस गरेको बताउनु भएको थियो।
नेपाली समुदायको इतिहासको विषयमा एन आर एन थाईलेन्डका संरक्षक डेविड खनाल र नेपाली संस्कृतिको जगेर्ना गर्ने नेपालीहरुले खेलेको भूमिकाको बिसयमा थाई नेपाली संघका अशोक पण्डितले प्रस्ट्याउनु भएको थियो। कार्यक्रमको संयोजन कार्यवाहक नेपाली राजदुत डोरनाथ अर्यालले गर्नु भएको थियो। उक्त कार्यक्रममा प्रधानमन्त्रीका विदेश सल्लाहकार दिनेश भट्टराईले पनि नेपालीहरुले गरेका कार्यहरुको प्रसंसा गर्दै आफुले पनि सक्दो सहयोग गर्ने बताउनु भयो ।
प्रधानमंत्री एवम विदेशमन्त्रीलाई फूलका गुच्छा र खादाले सम्मान गर्दै नेपाली समुदायले सफल कार्यकालको शुभकामना पनि दिएको थियो। उक्त कार्यक्रममा एन आर एन थाईलेन्डका उपाध्यक्षहरु कुमार कार्की, धर्मेन्द्र सुबेदी, महासचिव केदार प्रसाद तिमिल्सिना, सचिव अरुण राज भट्टराई, युवा संयोजक दिपेश श्रेष्ठ र कार्यसमिति सदस्यहरु राज कर्माचार्य, विजय अवाले र बैंकक साखाका सचिव गणेश खनाल र सदस्य शेखर पण्डितको पनि उपस्थिति थियो।
Leave your Comment